Rule 51
बढुवा समितिले दिने अङ्क
: (१) बढुवाको लागि सम्भाव्य उम्मेदवार हुने सशस्त्र प्रहरी कर्मचारीले आफ्नो पदमा रहँदा बहन गरेको नेतृत्व, कमाण्ड, बिशेष जिम्मेवारी (स्टाफ तथा प्रशिक्षक), चुनौतीपूर्ण कार्यमा खटिई जिम्मेवारीपूर्वक कार्य सम्पन्न गरेको तथा कार्यसम्पादनस्तर समेतको आधारमा बढुवा समितिले अनुसूची–१३ बमोजिमको मूल्याङ्कन फारामको आधारमा अधिकतम पाँच अङ्क दिनेछ ।
(२) उपनियम (१) बमोजिम अङ्क दिने प्रयोजनका लागि बढुवा समितिका अध्यक्ष तथा सदस्यले अलग अलग फाराममा दिएको अङ्कको औषतबाट बढुवा समितिले दिने अङ्क निर्धारण गरिनेछ ।
(३) बढुवा समितिको अध्यक्ष तथा सदस्यले उपनियम (२) बमोजिम अङ्क दिँदा कुनै सशस्त्र प्रहरी कर्मचारीलाई दुई भन्दा कम अङ्क दिनुपरेमा वस्तुगत कारण समेत उल्लेख गर्नुपर्नेछ ।
(४) बढुवा समितिका अध्यक्ष तथा सदस्यले उपनियम (२) बमोजिम अङ्क दिँदा साहसिक कार्य, राष्ट्र तथा सशस्त्र प्रहरी सङ्गठनको नाम उच्च राख्न प्रशंसनीय तथा सिर्जनशील काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई वस्तुगत कारण खोली अधिकतम पाँच अङ्क दिन सक्नेछ ।
(५) बढुवा समितिको अध्यक्ष वा सदस्यले प्रदान गर्ने अङ्क शुन्य दशमलब पच्चीसले भाग जाने हुनु पर्नेछ ।